
राष्ट्रिय टिमको बन्द प्रशिक्षण मंगलबारबाट
मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुने भएको छ। मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलको तयारीका लागि एन्फाले मंगलबारबाट बन्द प्रशिक्षण सुरु गर्न लागेको हो।
बन्द प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ। मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले कतारबाट फर्किएलगत्तै बन्द प्रशिक्षणका लागि ३५ जना खेलाडीलाई बोलाइसकेका छन्।
नेपालले मोरिसससँग जनवरी २९ र फेब्रअरी १ मा घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ।
यी हुन् बन्द प्रशिक्षणमा सहभागी खेलाडी
विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, सत्रुघन चौधरी, टेकेन्द्र थापा, आशिष लामा, आयुस घलान, आकाश बुढा मगर, अनन्त तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, अन्जन विष्ट, एरिक विष्ट, विमल घर्तिमगर, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, कृतिस रन्त छुन्जु, मनिष डाँगी, नविन गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, नितिस थापा, पुजन उपरकोटी, सुवास गुरुङ, सुदीप गुरुङ, सुशिल राई, तेज तामाङ, जगजित श्रेष्ठ, आशिष राई।