
राष्ट्रिय टिममा नौं नयाँ अनुहार, ती को–को हुन् ?
अफ्रिकी मुलुक मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय टिमको घोषणा गरेका छन् । अलमुताइरीले बन्द प्रशिक्षणमा रहेका ३४ खेलाडीबाट बुधबार राष्ट्रिय टिम घोषणा गरेका छन्।
मुख्य प्रशिक्षक अलमुताइरीले २ मैत्रीपूर्ण खेलका लागि दुई फरक टिम घोषणा गरेका छन् । दुई टिम घोषणा गरेपछि राष्ट्रिय टिममा ठूलो संख्यामा नयाँ अनुहार देखापरेका छन्।
खेलाडीलाई एक्सपोजर दिनका लागि दुई खेलका दुई फरक टिम घोषणा गरिएको बताउने अलमुताइरीले टिममा ९ नयाँ अनुहारलाई बोलाएका छन् । जसमा जसमा सुदिप गुरुङ, टिकेन्द्र थापा, आकाश बुढा मगर र कृतिश रत्न छुन्जु, शत्रुघन चौधरी, आशिष राई, नविन गुरुङ, सुशिल राई र प्रशान्त अवस्थी छन्।
त्यसमध्ये सुदिप, टिकेन्द्र, आकाश र कृतिशले १५ गते हुने पहिलो मैत्रीपूर्ण खेलमा मौका पाउने छन् भने शत्रुघन, आशिष, नवीन, सुशील र प्रशान्तले १८ गते हुने दोस्रो खेलको टिममा स्थान बनाएका छन्।
नेपालले मोरिसससँग माघ १५ र १८ गते दशरथ रंगशालमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । प्रत्यक्ष खेल हेर्न एन्फाले एक तिहाई दर्शकलाई अनुमति दिएको छ।
यस्तो छ टिम
१५ गतेकाे टिम : किरण लिम्बु, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी,देवेन्द्र तामाङ,सुमन अर्याल, सुरज ज्यु ठकुरी,सुदिप गुरुङ, सुमन लामा,ताज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी,अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्ति मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिस रत्न छुन्जु, जगजित श्रेष्ठ
१८ गतेकाे टिम : किरण लिम्बु, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्ति मगर,अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी, सन्तोष तामाङ