१० दिन रोकियो राष्ट्रिय टिमको बन्द प्रशिक्षण

Read Time:1 मिनेट

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण १० दिनका लागि रोकिएको छ। साफ च्याम्पियनसिप र एसिया कपको अन्तिम छनोटको तयारीमा रहेको नेपाली टिमलाई १० दिन आराम दिन बन्द प्रशिक्षण १० दिन रोकिएको हो।

साफ च्याम्पियनसिप केही पछि सरेपछि खेलाडीको अनुरोधमा बन्द प्रशिक्षण १० दिनका लागि रोकिएको एन्फाले जनाएको छ। ‘लामो समयदेखि बन्द प्रशिक्षणमा रहेका खेलाडीले परिवारसंग केही समय बस्न अनुरोध गरेपछि खेलाडीलाई विश्राम दिइएको हो । खेलाडीलाई अगष्ट १० मा फर्कने गरि बिदा दिईएको हो,’ एन्फा प्रवक्ता किरण राईले भने।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा रहेको नेपाली टिमको बन्द प्रशिक्षणमा ३६ खेलाडी थिए। राजिनामा प्रकरणले विवादमा आएका प्रशिक्षक अलमुताइरील शनिबारबाट मात्र प्रशिक्षणमा फर्किएका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्टस विजयी
Next post ड्रेलसले जिते टोक्यो ओलम्पिकमा पाँचौं स्वर्ण
Close