राष्ट्रिय टिमको बन्द प्रशिक्षण आइतबारबाट सुरु

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आइतबारबाट सुरु भएको छ । जुलाई १ देखि हुने भनिए पनि केही खेलाडीमा कोरोना संक्रमण भएपछि आइतबारदेखि प्रशिक्षण सुरु गरिएको हो।

प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको छ। साफ च्याम्पियनसिप र एसिया कपको तेस्रो चरणको छनोटका लागि बोलाइएको बन्द प्रशिक्षणमा ५० खेलाडी सहभागी छन्।

बुधबार गरिएको प्रशिक्षणमा शुरुमा ११ खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि शुक्रबार पुनः परीक्षणमा भने उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो ।

५० खेलाडीलाई दुई समूहमा विभाजन गरेर बिहान र बेलुका प्रशिक्षण गराइनेछ । अलमुताइरीलाई सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षक विकास मल्लले सघाउनेछन् ।

Facebook Comments Box