राष्ट्रिय फुटसल लिग अनिश्चितकाल लागि स्थगित

नेपाल पहिलो पटक आयोजना हुन लागेको ए डिभिजन लिग राष्ट्रिय फुटसल लिग अनिश्चितकालका लागि स्थगित भएको छ। कोरोना संक्रमणका कारण एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता अनिश्चितकालका लागि स्थागित र.गरेको हो।

प्रतियोगिता १ जेठदेखि २२ सम्म पोखरामा आयोजना हुने तालिका थियो । एन्फाको फुटसल कमिटीले आयोजना गर्ने भनिएको लिगमा देशभरबाट छनोट भएका १० टिमले प्रतिस्पर्धा गर्ने तय थियो ।

लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् ।

Facebook Comments Box