नेपाली टिमले साफ च्याम्पियन्सको तयारी कतारमा गर्ने

Read Time:2 Minute

नेपाली राष्ट्रिय टिमले आसन्न साफ च्याम्पियनसिपको तयारी कतारमा गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पियनसिप अघि नेपाली राष्ट्रिय टिमले कतारमा बन्द प्रशिक्षण गर्ने जनाएको छ।

एन्फाका अनुसार भारतसँगका मैत्रीपूर्ण खेल गलगत्तै २५ खेलाडीसहितको नेपाली टिम कतार जानेछ। र, नेपाली टिम कतारमा बन्द प्रशिक्षण गरेर उतैबाट साफ च्याम्पियनसिपका लागि माल्दिभ्स प्रस्थान गर्ने छ।

नेपाल दरशथ रंगशालामा आगामी सेप्टेम्बर २ र ५मा भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ। खेलपछि ५ दिन आराम गरेर नेपाली टिम सेप्टेम्बर १० मा कतार प्रस्थान गर्ने एन्फाले जनाएको छ।

नेपाली टिम अहिले पोखरामा बन्द प्रशिक्षण गरिरहेको छ । मंगलबार मात्र प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अभिषेक रिजाल, शिशिर लेखी र अर्पण कार्कीलाई बाहिर निकाल्दै २५ सदस्यी टिम छनोट गरेका थिए । सोही टिम कतार जाने छ।

साफ च्याम्पियनसिप १ अक्टोरदेखि १६ अक्टोरबसम्म माल्दिभ्समा हुने छ। ५ टिममात्र सहभागी प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँगै खेल्ने छ। दोस्रो खेल ४ अक्टोबरमा श्रीलंकासँग खेल्ने छ । यस्तै नेपालले तेस्रो खेल भारतसँग १० अक्टोबरमा खेल्ने छ भने लिगको अन्तिम खेल बंगलादेशसँग १३ अक्टोबरमा खेल्नेछ।

कोरोनाका कारण पाकिस्तान र भुटान सहभागी नभएपछि प्रतियोगितामा ५ टिम मात्र सहभागी छन् । प्रतियोगिताको फाइनल १६ अक्टोबरमा हुने छ। प्रतियोगिताका सबैखेल मालेस्थित अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ब्राजिलियन युवा स्ट्राइकर कुन्हा एट्लेटिको मड्रिडमा
Next post विश्वकप छनोटका लागि रोनाल्डोको कप्तानीमा पोर्चुगिज टिमको घोषणा
Close