यू–२३ टिमको बन्द प्रशिक्षणमा ४८ खेलाडी, को–को परे?

आसन्न एएफसी यू–२३ एसियन कप छनोटको तयारीको ४८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले शनिबार ४८ खेलाडी बन्द प्रशिक्षणका लागि बोलाका हुन्।

बालगोपाल महर्जनले बन्द प्रशिक्षणमा बोलाएका ४८ खेलाडीमा साफ च्याम्पियनसिपको तयारीमा रहेको सिनियर टिमका खेलाडी पनि छन् । जसमा सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान र मनिष डाँगी छन्।

यस्तै प्रशिक्षक महर्जनले राष्ट्रिय टिमको बन्द प्रशिक्षाबाट बाहिरिएका अभिषेक रिजालदखि एरिक विष्टसम्म छन्।

४८ सदस्यीय टोलीमा ९ गोलरक्षक, १३ डिफेन्डर, १७ मिडफिल्डर र ९ फरवार्ड रहेका छन् । नेपाली टिमले सोमबारबाट बन्द प्रशिक्षण थाल्ने छ।

आगामी अक्टोबरमा हुने एफएसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह बीमा छ । यो समूहमा इरान, लेबनान र ताजकिस्तान छन्। ताजकिस्तानमा हुने छनोट प्रतियोगितामा नेपालले अक्टोरब २५मा इरान, अक्टोबर २८मा ताजकिस्तान र अक्टोरब ३१मा लेवनानसँग खेल्ने छ।

यी हुन् बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

गोलरक्षक : विशाल सुनार, अर्पण कार्की, अभिषेक बराल, अन्जल श्रेष्ठ, सुर्य अधिकारी, विष्णु केसी, पुजन होना, आकाश रानाभाट र रोहित कार्की

डिफेन्डर : सुमन अर्याल, गौतम श्रेष्ठ, रन्दिप पौडेल, विश्वास उदास, राजन गुरुङ, असिम भुषाल, आदिल हामिद, योगेश गुरुङ, रोशन दोङ र सोनित दाहाल, विशाल बस्नेत, रोमन लिम्बु, पृथ्वी चौधरी,

मिडफिल्डर : नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, शिशिर लेखी, रुमेश बर्तौला, अशोक थापामगर, दिपेश गुरुङ, सेसेहाङ आङदेम्वे, जय गुरुङ, अनिल महर्जन, राजीव लोप्चन, आकाश बुढामगर, रजत तिवारी, रोशन रानामगर, एरिक विष्ट, निराजन महर्जन, दिपेश आलेमगर

फरवार्ड : मनिष डाँगी, अभिषेक रिजाल, राजेश परियार, दर्शन गुरुङ, दिनेश हेन्जन, रेजिन सुब्बा, प्रिजेन तामाङ, बुद्ध बल तामाङ र कैलाश लामिछाने ।

Facebook Comments Box