राष्ट्रिय मिहला लिगमा एपिएफ र विराटनगर विजयी

काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा सोमबार भएका दुई खेलमा विभागीय टिम एपिएफ र विराटनगर महानगरपालिका विजयी भएका छन् । एन्फा कम्प्लेक्स मैदानमा भएको पहिलो खेलमा विभागीय डर्बी भीडन्तमा एफिएफले पुलिसलाई २–१ले हरायो भने दोस्रो खेलमा विराटनगरले वालिङमाथि १–०को कठीन जित निकाल्यो ।

प्रतियोगितामा एपिएफलाई लागतार १०औं जित दिलाउने क्रममा रविना गोलेले गोल गरिन् भने अर्को गोल आत्मघाती भएको थियो । पुलिसकी अमृता चौधरीले गोल गरेकी थिइन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन रबिना गोलेले एक गोल गरिन् । एपीएफले एक गोल आत्मघाती उपहार पाएको थियो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ६९औं मिनेटमा एपिएफले अग्रता लियो। पुलिसकले कप्तान घिमकुमारी गुरुङले आफ्नै पोष्टमा गोल गरेपछि एपिएफले अग्रता लिएको थियो । ७५औं मिनेटमा अमृताले गोल गर्दै पुलिसलाई खेलमा फर्काइन् । तर, खेल सकिन ४ मिनेट बाँकी छँदा रविनाले गोल गर्दै एपिएफको विजयी यात्रालाई निरन्तरता दिइन् ।

यसैगरी सोमबार भएको पहिलो खेलमा आशा कुमारीले पहिलो हाफमा गरेको एकमात्र गोलको मद्दतमा विराटनगरले वालिङमा माथि १–०को कठीन जित निकाल्यो। आशाले ३५औं मिनेटमा फ्रिकिकमा गोल गरेकी थिइन् ।

लगातार १० जित निकालेको एपिएफ ३० अंक जोड्दै शीर्ष स्थानमा छ। उ उपाधिको निकै नजिक छ। यसअिघि नै उपाधिहोडबाट बाहिरिसकेको पुलिस १४ अंकका साथ पाँचौं स्थानमा छ । यस्तै, विराटनगर १६सहित तेस्रो स्थानमा छ भने वालिङले १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.