महिला राष्ट्रिय लिग : चन्द्रपुरमाथि पुलिसको सहज जित

राष्ट्रिय महिला लिगमा विभागीय नेपाल पुलिस क्लबले सहज जित हात पारेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकालाई ३–० ले हरायो।

चन्द्रपुरविरुद्ध पुलिसले खेलको सातौं मिनेटमा सिर्जनाको गोलमा सुरुवाती अग्रता लियो । पहिलो हाफ १–०मै सकियो । दोस्रो हाफमा पुलिसले थप दुई गोल गरेको थियो । ५४औं मिनेटमा निर्मला र ८५औं मिनेटमा रेखाले गोल गरेपछि पुलिस ३–०ले विजयी भयो ।

लिगमा चौथो जित निकलोको पुलिस १४ अंकसहित चौथो स्थानमा छ । ६ अंक जोडेको चन्द्रपुर छैटौं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.