वालिङमाथि एपिएफको सहज जित

राष्ट्रिय महिला लिगमा विभागीय टिम एपिएफले सहज जित हात पारेको छ । शनिबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक गरेपछि एपिएफले स्याङ्जाको वालिङ नगरपालिकामाथि ६–०को सहज जित निकाल्यो ।

एपिएफको सहज जितमा सावित्राले ह्याट्रिकसहित ५ गोल गरिन् भने प्रीति राईले १ गोल गरिन् । सावित्राले सातौं मिनेटमा गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाइन् । त्यसपछि १६ र २०औं मिनेटमा सावित्राले गोल गर्दै ह्याट्रिक पुरा गरिन् । पहिलो हाफकै इन्जुरी समयमा प्रीतिले गोल गरेपछि पहिलो हाफमा एपिएफले ४–०को अग्रता लियो ।

दोस्रो हाफमा एपिएफले २ गोल गरेको थियो । सावित्राले ६४औं र इन्जुरी समयको पाँचौं मिनेटमा गोल गरेकी थिइन् ।

यो जितसँगै एपिएफले लिगमा शतप्रतिशत नतिजालाई कायमै राखेको छ । उ ९ खेलमा २७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा १४ अंक जोडेको वालिङ तेस्रो स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.