अस्ट्रेलियालाई ३–०मै रोकेपछि अलुमताइरीले भने– नेपाली खेलाडीले गोर्खाली शैली देखाए

विश्वकप र एसिया कप छनोटको दोस्रो चरणमा नेपालले शुक्रबार बलियो अस्ट्रेलियाविरुद्ध खेल्यो । दोस्रो चरणको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग स्वभाविकरुपम ३–०ले पराजित भयो।

खेलमा अस्ट्रेलियालाई ३–०मै रोक्नु नेपालको बहादुरी थियो । लागातार ४ पटक विश्वपक खेलेको र एसियाको पूर्वच्याम्पियन्सविरुद्ध अस्ट्रेलियाविरुद्ध नेपाल पहिलो १० खेलाडीमा सीमित भएको थियो । १० खेलाडीसीमित हुनुअघि नै नेपालले २ गोल खाइसकेको थियो, तर त्यसपछि नेपालले बलियो अस्ट्रेलिया जोसिलो प्रदर्शन गरेको थियो।

नेपाली खेलाडीको जोसिलो प्रदर्शनको प्रशिशक्षक अब्दुल्ला अलमुताइरीले पनि प्रशंसा गरे । उनले पोस्टम्याच कन्फ्रेन्समा अष्ट्रेलियालाई ३–०को रोक्न सक्नुमा नेपाली खेलाडीको गोर्खाली जोशले काम गरेको बताए । उनले भने, ‘नेपालीहरू विश्वमा गोर्खाली भनेर चिनिन्छन्, आज खेलाडीले गोर्खाली जसरी नै खेले, हरेक समय भिडेर खेल । उनीहरुले १० खेलाडीमा रहेको मतलब नै गरेनन्।’

प्रशिक्षक अलमुताइरीले नेपाली खेलाडी आफ्ना लागि नायक भएको बताए । ‘नेपाली खेलाडीलाई मेरो धन्यवाद छ, उनीहरू मेरो नायक हुन् । आजका खेल निकै कठिन रह्यो,’ कुवेतमा भएको खेलपछि उनले भने, ‘पहिलो हाफको सुरुमै गोल खायौं र दोस्रो हाफमा १० खेलाडीमा सीमित रहेर खेल्यौं । तर पनि हाम्रा खेलाडीले आफ्नो मिहिनेत कम गरेनन् । त्यसैले म निकै खुसी छु ।’

उनले केही काउन्टर अट्याकको प्रयास गरेपनि सफल हुन नसकेको बताए । यस्तै मिडफिल्डमा जम्ने मानसिकताका साथ खेलेको र मिहिनेत गरेको बताए । अलमुताइरीले कुवेत टुरमा सबै खेलाडीले अनुभव बटुल्ने अवसर पाएको पनि बताए । नेपालले समूह बीको बाँकी ३ खेल खेल्दा अष्ट्रेलिया र जोर्डनसँग समान ३–० को हार बेहोर्‍यो भने चाइनिज ताइपेईलाई २–० ले हरायो ।

Facebook Comments Box