खेलाडीमा फाइटिङ स्पिरिट बढेको छ : किरण चेम्जोङ

भर्खरै विश्वकप र एसियाकपको दोस्रो चरणको छनोट खलेर फर्किएका नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले नेपाली खेलाडीमा ‘फाइटिङ स्पिरिट’ बढेको बताएका छन् । उनले अस्ट्रेलिया, जोर्डन र इराकविरुद्धको खेलले नेपाली खेलाडीमा फाइटिङ स्पिरिट’ देखाएको बताए।

किरणले खेलाडीमा फाइटिङ स्पिरिट’बढ्नुमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको भूमिका मुख्य रहेको बताए । ‘नयाँ प्रशिक्षकले अलमुताइरीले सबै खेलाडीको दिगमा ‘वि क्यान प्ले फुटबल’ भरिदिनु भएको छ । जति बलियो प्रतिद्वन्द्वी भए पनि हामीले फुटबल खेल्न सक्छौं भन्ने मानसिकता अहिले सबै खेलाडीमा छ,’ किरणले भने।

प्रशिक्षकको योजना फुटबललाई एक स्टेप माथि लैजाने छ भएकाले त्यसका लागि आफूहरुले अलमुताइरीलाई साथ दिएको बताए। उनले कुवेतमा नेपाली टोलीले सुधारिएको प्रदर्शन गरेको र बलियो पक्षलाई थप बलियो र कमोजोरी सुधार्दै अघि बढ्नु पर्ने बताए । उनले आगामी दिनेमा नेपाली फुटबल विकास गति लिने विश्वास पनि व्यक्त गरे।

किरणले चाइनिज ताइपेइविरुद्ध राम्रो खेल्दै जित निकाले पनि जोर्डन र अस्ट्रेलियासँगको खेलमा भने विगतको नतिजालाई क्रमभंग गर्ने लक्ष्य पूरा हुन नसकेको बताए । उनले जोर्डनविरुद्ध पोनाल्टी हुनु नै दुर्भाग्य भएको बताए । उनले भने, ‘हामीले सुरुवातमै सामान्य गल्तीले गोल खायौं । त्यसपछि सुधारको प्रयास गरे पनि अलमलमा पर्‍यौं, ३–०ले पराजित भयौँ । तर, पदर्शन भने सुधार भएकै हो।’

बलियो अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धात्मक फुटबल खेल्ने आफूहरुको लक्ष्य पुरा भएको किराण्ले बताए । उनले पहिलो हाफमै १० खेलाडीमा सीमित भएपनि प्रतिस्पर्धात्मक फुटबल खेलेको बताए । ‘एक खेलाडी कम भएको अवस्थामा पनि हामीले बलियो अस्ट्रेलियालाई रोक्यौं,’ उनले भने, ‘अस्ट्रेलियासँगको खेलमा नेपाली खेलाडीले गरेको प्रदर्शनमा निकै सन्तुष्ट छु।’

किरणले टिमको प्रदर्शन सुधार गर्न आगमी दिनमा बलिया टिमसँग निरन्तर खेल्ने पर्ने बताए । उनले आगामी दिनेमा कोरिया, जापनजस्ता बलिया टिमसँग खेल्ने पाउने अपेक्षा पनि राखे । बलिया टिमसँग खेल्न पाए नेपाली फुटबल र खेलाडीको स्तर सुधार हुने उनले बताए।

एन्फा र नेपाल सरकारले खेलाडीलाई व्यस्त बनाइराख्ने तालिका बनाएर अघि बढ्नु पर्ने बताए । उनले व्यावसायिक रुपमा लिग सञ्चालन हुनु पनि आवश्यक रहेको बताए।

Facebook Comments Box