नेपाली राष्ट्रिय टिम आज स्वदेश फर्कँदै

विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट खेल खेल्न कुवेत गएको नेपाली राष्ट्रिय फुटबल टिम आइतबार स्वदेश फर्कँदै छ। विश्वकप र एसिया कप छनोटका तीन र एक मैत्रीपूर्ण खेल खेलेर ३५ सदस्यी नेपाली टिम आइतबार स्वदेश फर्कन लागेको हो। नेपाली टिम कुवेतबाट कतार हुँदै नेपाल आउन लागेको हो।

नेपालले दोस्रो चरणको छनोटमा तीन खेल खेल्यो । जसमा १ जित र २ हारको सामाना गरेको थियो । चाइनिज ताइपेइलाई २–०ले हाराएको नेपाली टिम जोर्डन र अस्ट्रेलियासँग समान ३–०ले पारजित भएको थियो।

छनोटको समूह बीमा रहेको नेपाल समूहमा चौथो स्थानमा रहे पनि एसिया कप छनोटको तेस्रो चरणमा सिधै छनोट हुन भने सकेन । तेस्रो चरण प्रवेशका लागि नेपालले प्लेअफ खेल्ने छ।

अधिकांश युवा खेलाडीलाई लिएर कुवेत पुगेको अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा रहेको नेपाली टिमले नजित राम्रो ल्याउन सकेन पनि प्रदर्शनमा भने सुधार गरेको थियो ।

यही भ्रमणमा ५ खेलाडीले राष्ट्रिय टिममा डेब्यू गर्ने अवसर पाए । तीमध्ये विंगर मनिष डाँगी र डिफेन्डर गौतम श्रेष्ठले इराकसँगको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए भने डिफेन्डर कलम थापा, मिडफिल्डर सुरज जिउ ठकुरी र विंगल आयुष घलानले अस्ट्रेलियाविरुद्ध डेब्यूको अवसर पाएका थिए । गोलकिपरद्वय विशाल सुनुवार र दीप कार्कीले डेब्यूको अवसर पाएनन्।

Facebook Comments Box