विश्वकप छनोट खेलेर फर्कियो नेपाली टिम

काठमाडौं, जेठ ३० विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट खेलर नेपाली टिम नेपाल फर्किएको छ। कुवेतमा विश्वकप र एसिया कप छनोट खेलेर नेपाली टिम कतार हुँदै आइतबार राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो।

नेपाली टिममलाई विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले स्वागत गरेका थिए ।

नेपालले दोस्रो चरणको छनोटमा तीन खेल खेल्यो । जसमा १ जित र २ हारको सामाना गरेको थियो । चाइनिज ताइपेइलाई २–०ले हाराएको नेपाली टिम जोर्डन र अस्ट्रेलियासँग समान ३–०ले पारजित भएको थियो।

छनोटको समूह बीमा रहेको नेपाल समूहमा चौथो स्थानमा रहे पनि एसिया कप छनोटको तेस्रो चरणमा सिधै छनोट हुन भने सकेन । तेस्रो चरण प्रवेशका लागि नेपालले प्लेअफ खेल्ने छ।

अधिकांश युवा खेलाडीलाई लिएर कुवेत पुगेको अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा रहेको नेपाली टिमले नजित राम्रो ल्याउन सकेन पनि प्रदर्शनमा भने सुधार गरेको थियो ।

यही भ्रमणमा ५ खेलाडीले राष्ट्रिय टिममा डेब्यू गर्ने अवसर पाए । तीमध्ये विंगर मनिष डाँगी र डिफेन्डर गौतम श्रेष्ठले इराकसँगको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए भने डिफेन्डर कलम थापा, मिडफिल्डर सुरज जिउ ठकुरी र विंगल आयुष घलानले अस्ट्रेलियाविरुद्ध डेब्यूको अवसर पाएका थिए । गोलकिपरद्वय विशाल सुनुवार र दीप कार्कीले डेब्यूको अवसर पाएनन्।

Facebook Comments Box