ए डिभिजन लिगका लागि एनआरटीले भित्र्यायो सेनेगलका दुई खेलाडी

ए डिभिजन क्लब एनआरटीले आसन्न लिगका लागि सेनेगलका दुई खेलाडीलाई अनुबन्धन गरेको छ। आगामी असोजामा हुने भनिएको सहिद स्मारक ए डि भिजन लिगका लागि एनआरटीले सेनेगलका स्टेफल समिर र ओसुके ओलोमोउलाई अनुबन्धन गरेको हो।

गत वैशाखमा भएको नेपाल सुपर लिगमा उत्कष्ट प्रदर्शन गरेका दुवैलाई एनआरटीले शनिबार क्लबमा अनुबनध्न गरेको हो। ओलोमोउ र समीर दुवैले काठमाडौं रेजर्सबाट नेपला सुपर लिग खेलेका थिए।

काठमाडौंलाई उपाधि दिलाउन दुवैले उत्कृष्ट प्रदर्शन गरेका थिए ।मेसुके एनएसएलको सर्वाधिक गोलकर्ता बनेका थिए । प्रतियोगिताका ९ खेलमा एक ह्याट्रिकसहित ८ गोल गरेका मेसुके एनएसएलका उत्कृष्ट मिडफिल्डर समेत चुनिएका थिए ।

एनआरटीले चार विदेशी खेलाडी राख्न पाउने कोटा अन्तर्गत दुई खेलाडीसँग सम्झौता गरिएको जनाएको छ । अन्य खेलाडी अनुबन्धको प्रक्रिया अघि बढिसकेको समेत क्लबले जनाएको छ ।

दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा एनआरटीले आफ्नो दुई क्यामरुनी खेलाडीलाई प्रस्तुत गरेको हो । लिगमा प्रत्येक टिमले चार विदेशी खेलाडीलाई खेलाउन पाउनेछ । मेसुके र स्टेफनले एनआरटीमा अनुबन्ध हुँदा खुशी लागेको बताए । साथै जित्नका लागि खेल्ने बताए ।

Facebook Comments Box