आसन्न साफ च्याम्पियनसिप र फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलको सुरु गर्ने भनिएको राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित भएको छ।
ए डिभिजन क्लबहरुले लिग सकिन खेलाडी रिलिज नगर्ने बताएपछि आजै देखि सुरु हुने भनिएको राष्ट्रिय टिमको बन्द प्रशिक्षण एन्फाले स्थागित गरेको हो।
साफ च्याम्पियनसिप र जेठ ३२ गते हुने मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका थिए।
ए डिभिजन क्लबहरुले बिहीबार विज्ञप्ति जारी गर्दै लिग नसकि खेलाडी उपलब्ध नगराउन बताएका थिए । क्लबहरुको यस्तो निर्णयपछि एन्फाले विज्ञप्ति निकाल्दै क्लबहरुको विज्ञप्तिलाई मध्यनगर गर्दै बन्द प्रशिक्षण स्थागित गरेको हो।