नेम्बाङ र अल्मुताइरीको विवाद टुंगियो, सहकार्य गर्दै अघि बढ्ने सहमति

SHARE TO:
Read Time:2 Minute

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीच पछिल्लो समय चर्किएको विवादले समाधान पाउने देखिएको छ। दुईजनाबीच विवाद नचर्काउने र सहकार्य गर्दै अघि बढ्ने सहमति भएपछि विवादले निकास पाउने भएको हो।

नेम्बाङ र अल्मुताइरीले मंगलबार भेटवार्ता गर्दै पुराना विवादलाई नचर्काउने र आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने सहमति गरेका हुन्। दुवै पक्षले बुधबारसम्ममा विज्ञप्ती जारी गर्दै औपचारिक घोषणा गर्ने बुझिएको छ।

नेम्बाङ र अल्मुताइरीबीचको असमझदारी हल गर्न नेपाल घोडचढी संघका अध्यक्ष रवी राजकर्णिकारले पहल गरेका थिए। उनकै पहलमा दुईजनाबीच भेटवार्ता भएको हो।

यसअघि नेम्बाङ र अल्मुताइरीले एन्फामा छानबिन गरि विवादको टुंगो लगाउन निवेदन दिएका थिए। एन्फाले विवाद समाधान गर्न नसकेपछि युवा तथा खेलकुद मन्त्रालयलाई छानबिनका लागि अनुरोध गरेको थियो। मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई छानबिन गर्न निर्देशन दिएपछि पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति समेत गठन भएको थियो। तर, समिति गठन गरेकै दिन दुईबीच सहमति भएको हो।

यो पनि पढ्नुहोस्ः

उद्दण्ड अल्मुताइरी, निरीह एन्फा

एन्फा राजनीतिका नयाँ खेलाडी

प्रशिक्षक अलमुताइरीले धुम्रपान गर्दा किन आपत्ति?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post आयोजक जापानलाई हराउँदै स्पेन फाइनलमा
Next post टि–२० क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको ऐतिहासिक जित
Close