डेब्यूमै प्रीति र सविताको गोल, पहिलो हाफमा नेपाललाई २–०को अग्रता

डेब्यू स्ट्राइकरद्वय प्रीति राई र सविता राना चम्किएका छन् । दरशथ रंगशलामा जारी खेलमा प्रीति र सविता चम्किएपछि नेपालले बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले पहिलो हाफमा २–०को अग्रता लिएको छ।

सबिताले १३ औ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् भने प्रीतिले २३ औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाउने काम गरिन् ।

बंगालदेशविरुद्धको यो खेलसँगै नेपाली सिनियर महिला टिमले दशरथ रंगशालामा डेब्यू पनि गरेको छ।

नेपालले आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो।

Facebook Comments Box