फिफाको नयाँ वरियता : नेपाल ३ स्थान झर्‍यो, बेल्जियम शीर्ष स्थानमै

विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल तीन स्थान तल झरेको छ । यसअघि १६७औं स्थानमा रहेको नेपाल ३ स्थान झर्दै १७०औं स्थानमा आइपुगेको छ ।

विश्वकप छनोटमा लगातार खराब प्रदर्शन गरेपछि नेपालको फिफा वरियता ओरालो लागिरहेको छ । विश्वकप छनोटमै भुटानमा २ साताअघि मात्र नेपाल कुवेतसँग १–०ले पारजित भएको थियो । विश्वकप छनोटमा पनि यसअघि भएका ४ मध्ये ३ खेलमा नेपाल फराकिलो अन्तरले पारजित भएको थियो ।

दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा आइपुगेको छ । नेपालमा भन्दामाथि भारत (१०८) र माल्दिभ्स (१५५) छन् । यस्तै, नेपाल भन्दा तल बंगलादेश (१८७), भुटान (१८९), पकिस्तान (२०१) र श्रीलंका (२०५) छन् ।

युरोकप छनोटमा लगातार १० खेल जितेको बेल्जियम फिफा वरियतामा शीर्ष स्थानमा यथावत छ । नयाँ वरियता १० मा कुनै फेरबदल भएको थियो । फ्रान्स, ब्राजिल, इंग्ल्यान्ड र उरुग्वे क्रमशः दोस्रो, तेस्रो, चौथो र पाचौं स्थानमा छन् ।

यस्तै, क्रोएसिया १ स्थान उक्लँदै छैठौं स्थानमा रहँदा पोर्चुगल १ स्थान झर्दै सातौं स्थानमा आएको छ । स्पेन आठौं, अर्जेन्टिना नवौं र कोलम्बिया १०औं स्थानमा छ । २ स्थानमा माथि उक्लँदै इटाली १३औं स्थानमा आउँदा २ स्थान नै झरेको नदेरल्यान्ड्स १४औं स्थानमा आएको छ ।

फिफाको नयाँ वरियतामा म्यानमारले सर्वाधिक ११ स्थान सुधार गरेको छ । म्यानमार अहिले १३६औं स्थानमा छ । यता, निकारागुवा सार्वधिक १३ स्थान तल झरेको छ । ऊ अहिले १५०औं स्थानमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *