माल्दिभ्सविरुद्ध मैदान उत्रने यस्तो छ नेपाली टिम

केही समयपछि माल्दिभ्सको राजधानी मालेस्थित अन्तर्राष्ट्रिय मैदानमा सुरु हुने साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सको सामाना गर्दै छ । माल्दिभ्सविरुद्धको खेलका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले प्लेइङ सेट सार्वजनिक गरेका छन्।

गोलकिपर किरण चेम्जोङको कप्तानीमा मैदान उत्रने नेपाली टिम अलमुताइरीले रोहित चन्दलाई मिडफिल्डमा खेलाएका छन्। पछिल्लो केही वर्षता डिफेन्समा खेल्दै आएका रोहितलाई अलमुताइरीले माल्दिभ्सविरुद्ध मिडफिल्डमा खेलाएका हुन्।

नेपाली डिफेन्सको नेतृत्व अनन्त तामाङले गर्ने छन् । उनलाई दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्यालले साथ दिनेछन् । मिडफिल्डमा रोहितसँगै पूजन उपरकोटी र तेज तामाङ छन् ।

यस्तै, स्ट्राइकरको भूमिका नवयुग श्रेष्ठ छन् भने उनलाई विंग्सबाट अन्जन विष्ट र सुजल श्रेष्ठले साथ दिनेछन्।

Facebook Comments Box