यू १९ साफ च्याम्पियनसिपमा बंगलादेशसँग रोकियो नेपाल

Read Time:1 Minute

यू १९ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ। शनिबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको हो।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा दुवै टिमले बराबरी खेल्दै अंक बाँडे । नेपाली टिम उपाधि जित्नले लक्ष्यसहित बंगलादेशमा छ।

दुवै टिम अघिल्लो संस्करणको फाइनलिस्ट हुन् । फाइनलमा नेपाल बंगलादेशसँग १(०ले पराजित भएको थियो।

यसअघि भएको प्रतियोगिताको उद्घाटन खेलमा भुटानले श्रीलंकामाथि ५-० को फराकिलो जित निकाल्यो।

आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागी प्रतियोगिता राउन्ड रोबिनका आधानमा हुने छ। लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्।

अब नेपालले बुधबार दोस्रो खेल श्रीलंकासँग खेल्नेछ। यस्तै, नेपालको तेस्रो खेल भुटानविरूद्ध डिसेम्बर शुक्रबार र शनिबार खेल्नेछ। फाइनल खेल डिसेम्बर २१ मा हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post हिमालयन शेर्पामाथि मछिन्द्रको सहज जित, विमलले गरे गाेल
Next post सन्दीप विकेटबिहीन बनेको खेलमा होबर्ट विजयी
Close