
नेपालले चैतमा थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने
नेपालमा थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । अखिल फुटबल संघ (एन्फा)का अनुसार नेपाल र थाइल्यान्डबीचको खेल चैत १० गते हुने छ।
एसियन कप छनोटको तयारीका लागि नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल थाइल्यान्डमा हुनेछ।
चैत १०को मैत्रीपूर्ण खेपछि नेपालली टिमले थाइल्यान्डको स्थानीय क्लबसँग पनि एक खेल खेल्ने छ। चोनबुरी एफसीसँगको खेल चैत १३ गते हुने एन्फाले जनाएको छ ।
फिफा वरीयतामा थाइल्यान्ड नेपालभन्दा ५५ स्थान माथि छ । थाइल्यान्ड ११२औं स्थानमा छ भने नेपाल १६७औं स्थानमा छ ।