कीर्गिस्तान र आर्मीले खेले बराबरी

त्रिभुवन आर्मी क्लब र कीर्गिस्तानको यू–२३ टिमबीच भएको मैत्रीपूर्ण फुटबल बराबरीमा टुंगिएको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा आर्मीले किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरी खेलेको हो ।

त्रिदेशीय कप खेल्ने नेपाल आएको किर्गिस्तान फाइलन पुग्न असफल भएपछि आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको हो । खेलको पहिलो मिनेटमै आर्मीले गोल गर्ने अवसर पाएपनि विपक्षी गोलकिपर बाधक बने ।

२६ औं मिनेटमा किर्गिस्तान पनि गोल गर्नबाट चुक्यो । अबिलोभ एर्नाजले पेनाल्टी एरिया भित्रबाट हानेको बल कस बारमा लागेर फर्कियो । पहिलो हाफ गोलरहित बराबरीमै सकियो । दोस्रो हाफमा दुवै टोलीले आक्रमक रुपमा प्रस्तुत हुन सकेनन् ।

राष्ट्रिय टिममा रहेका आर्मीका भरत खवास र विकेश कुथु भने किर्गिस्तान विरुद्ध खेलेनन् । आर्मीले १० दिनपछि एएफसी कप प्लेअफको पहिलो खेलमा श्रीलंकाको श्रीलंका पुलिससँग खेल्नेछ ।

चैत २५ गते दशरथ रंगशालामा उक्त खेल हुनेछ । गत सिजन सहिद स्मारक ए डिभिजन लिगमा उपविजेता बनेको आर्मीले एएफसी लाइसेन्स प्राप्त गरेपछि एएफसी कपको प्लेअफ खेल्ने अवसर पाएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.