अञ्जन र नवयुगको गोलमा नेपालले ताइपेइलाई हरायो, एसिया कप छनोट सम्भावना बलियो

विश्वकप र एसिया कप छनोटको दोस्रो चरणमा नेपाले चाइनिज ताइपेइविरुद्ध सहज जित निकालेको छ। बिहीबार राति कुवेतस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा अञ्जन विष्ट र नवयुग श्रेष्ठको गोल मद्दतमा नेपालले चाइनिज ताइपेइलाई २–०ले हराएको हो।

यो जितसँगै नेपाललको एसिया कप छनोट अघिल्लो चरण प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। विश्वपक छनोटको अघिल्लो चरण पुग्ने नेपालको सम्भावना गणीतिय सम्भावना मात्र बाँकी छ ।

अस्ट्रेलिया, जोर्डन, कुवेत, चाइनिज ताइपेइ रहेको छनोटको समूह बीमा दोस्रो जित निकालेको नेपाल ६ अकसहित चौथो स्थानमा छ। यसअिघ नेपालले चाइपेइलाई उसकै मैदानमा २–०ले नै हराएको थियो। १२ अंकसहित अस्ट्रेलिया शीर्ष स्थानमा छ भने दोस्रो र तेस्रो स्थानमा रहेका कुवेत र जोर्डनका समान २० अंक छ। ताइपेइ भने अंकबिहीन रहँदै पुछारमा छ।

बिहीबार राति भएको खेलका सुरुवातदेखि नै आक्रमक फुटबल खेलेको नेपलले दुवै हाफमा समान १ गोल गरेको थियो । खेलको चौथो मिनेटमै अञ्जन विष्टको गोलमा नेपलले सुरुआती अग्रता लिएको थियो। उनले सन्तोष तामाङको फ्रिकिकमा ताइपेइका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि प्राप्त पेनाल्टीमा गोल गरेका थिए ।

यो अञ्जनको राष्ट्रिय टिमका लागि तेस्रो गोल हो। यसअघि पनि विश्वपक छनोटको पहिले लेगमा ताइपेइविरुद्ध नै २ गोल गरेका थिए ।

त्यसपछि ८२ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । उनले सुमन अर्यालको क्रममा ट्यापइन गर्दै गोल गरेका थिए।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको यो नेपालको लागि पहिलो जित हो। उनको आगमणसँगै नेपाली टिमले अक्रामण फुबटल खेल्न थालेको थियो । त्यसको नमूना ताइपेइविरुद्धको खेलमा देखियो ।

अधिकांश युवा खेलाडीलाई रहेको नेपाली टिमले आक्रामक फुटबल खेल्दै ताइपेइको पोस्टमा कुल ३४ सट प्रहार गरेको थियो । जसमध्ये १४ सट फ्रेममा थियो । यता ताइपेइले २१ सट प्रहार गरेकोमा ४ सट मात्र फ्रेममा थियो।

Facebook Comments Box