राष्ट्रिय टिममा विमलको उत्कृट पुनरागमन, मोरिससमाथि नेपालको जित

Read Time:2 Minute

स्टार स्ट्राइकर विमल घर्तिमगरले राष्ट्रिय टिममा उत्कृष्ट पुनरागमन गरेका छन् । ३ वर्षपछि राष्ट्रियमा पुनरागमन गरेका विममले पहिलो खेलमै गोल गर्दैै पुनरागमनलाई सुखद् बनाए।

विमलको गोलसँगै नेपाल मोरिससमाथि १–०को जित निकाल्यो । यो नेपाली राष्ट्रिय टिमको फिफाको मान्यताप्राप्त मैत्रीपूर्ण खेलमा एक दशकपछिको जित हो। नेपालले सन् २०११ यता मैत्रीपूर्ण खेलमा जित निकाल्न सकेको थिएन।

यस्तै घरेलु मैदानमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको यो पहिलो जित हो । यसअघि अलमुताइरीको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा २ खेल खेलेको थियो । त्यसमा १ बराबरी र एक हार बेहोरोको थियो।

दशरथ रंगशालामा जारी मोरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुआतमै नेपालले अग्रता लिएको हो।

विमल घर्तिमगरले ५५औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए । विमलले अञ्जन विष्टले मैदानको मध्यभाग तिरबाट उपलब्ध गराएको पासमा गोल गरेका हुन्।

राष्ट्रिय टिमका लागि विमलले ४ वर्षपछि गोल गरेका हुन् । उनले सन् २०१८मा साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध गोल गरेका थिए । योसँगै राष्ट्रिय टिममा उनको गोल संख्या ९ पुगेको छ।

मोरिससविरुद्ध खेलमार्फत नै झण्डै तीन वर्षपछि विमलले राष्ट्रिय टिम पुनरागमन गरेका हुन्।

पहिलो हाफमा बराबरीमा सकिएपछि दोस्रो हाफमा नेपालले आक्रमक खेल खेलेको थियो। विमलले गोल गरेपछि पनि नेपालले गोलका तीन सुन्दर अवसर सिर्जना गरेको छ । दुई प्रहार पोस्टमा लाग्दा एक प्रहार गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए।

अञ्जन विष्टको एक हेडिङ र एक प्रहार पोस्टमा लागेर फर्किँदा जगजित श्रेष्ठका हेडिङ गोलकिपरले मुस्किलले बचाउ गरेका थिए।

अब नेपालले आगामी मंगलबार मोरिसससँग अर्को खेल खेल्ने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ४ वर्षपछि राष्ट्रिय टिममा विमलको गोल, मोरिसविरुद्ध नेपाललाई अग्रता
Next post क्लोज क्याममा रहेका सन्दीप, जितेन्द्र र आरिफमा कोरोना संक्रमण
Close