ओलम्पिक एसिया छनोट : नेपाल म्यानमारसँग पराजित

म्यानमारमा जारी ओलम्पिकको महिला फुटबलको एसिया छनोटको दोस्रो चरणमा नेपाली महिला टिम पहिलो खेलमै पारजित भएको छ ।

म्यानमारस्थित मन्डलार थिरी रंगाशालमा बुधबार बेलुकी भएको ओलम्पिक छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ३–१ले पारजित भयो । २०२० को टोकियो ओलम्पिको महिला फुटबल छनोटको दोस्रो चरणको उद्घाटन खेलमा नेपाल पराजित भएको हो ।

नेपालले पहिलो खेलको पहिला हाफमा बलियो म्यानमारलाई १–१ को बराबरी खेलेको थियो । तर, दोस्रो हाफमा सम्हालिन नसक्दा नेपाल थप २ गोल खायो ।

म्यानमारले खेलको २४औं मिनेटमा ओको गोलमार्पmत खेलमा १–० को अग्रता लियो । नेपालकी कप्तान निरु थापाले पहिलो हाफको इन्जुरीको अन्तिममा गोल गर्दै खेलालाई बराबरीमा ल्याइन् ।

दोस्रो हाफको सुरुवातमै म्यानमारका लागि विन थेंगी तुनले पेनाल्टीमा गोल गर्दैै टोलीलाई २–१ को अग्रता दिलाइन् । तुनले नै दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई सहज जित दिलाइन् । यस्तै समूहको अर्को खेलमा भारतले इन्डोनेसियालाई २–० ले पराजित गरेको थियो ।

अब नेपालले दोस्रो खेलमा चिरपरिचित भारतसँग चैत्र २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले नयाँ प्रतिद्वन्दी इन्डोनेसियासँग २६ गते खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *