विराज र नवयुगविनै मैदानमा नेपाल

चाइनिज चाइपेइविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल कप्तान विराज महर्जन र स्ट्राइकर नवयुग श्रेष्ठविना नै मैदानमा उभिएको छ ।

केहीबेर अगाडि ताइवनम सुरु भएको खेलमा प्रशिक्षक योहान कालिनले विराज र नवयुगलाई बाहिर राख्दै युवा खेलाडीलाई मौका दिएका छन् ।

चाइनिज ताइपेइविरुद्ध प्रशिक्षक कालिनले नवयुगलाई बेन्चमा राख्दै युवा स्ट्राइकर अभिषेक रिजाललाई मौका दिएका छन् । अभिषेकले गतसाता भएको मलेसियाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

मलेसियाविरुद्धको खेलको प्लेइङ सेटमा प्रशिक्षक कालिनले व्यापक परिवर्तन गरेका छन् । ताइपेइविरुद्ध ४ परिवर्तन गरिएको छ । डिफेन्डर रन्जित धिमाल र बिराजको स्थानमा अजित भण्डारी र सुमन अर्यालले मौका पाएका छन् ।

यसैगरी प्रशिक्षक कालिननले १ मात्र स्ट्राइकर राखेर ५ मिडफिल्डर खेलाएका छन् । स्ट्राइकर विमल रानाको स्थानमा प्रशिक्षक कालिनले मिडफिल्डर सन्तोष तामाङलाई खेलाएका छन् ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यसअघि भएको मलेसियासँगको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको थियो ।

विराजनको अनुपस्थितिमा नेपाली टिमको कप्तानी गोलकिपर गोलकिपर किरण चेम्जोङले सम्हालेका छन् । नेपाली टिमको डिफेन्डरमा, अनन्त तामाङ, देवेन्द्र तामाङ, अजित भण्डारी र सुमन अर्याल छन् ।

यस्तै, मिडफिल्डमा वित्रम लामा, सुजल श्रेष्ठ, रोहित चन्द र रवि पासवान छन् भने स्ट्राइकरको रुपमा अभिषेक रिजाल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *