साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग भिड्दै नेपाल

१२औं संस्करणको साफ च्याम्पियसिप फुटबल प्रतियोगिता आजबाट मादिल्भ्सको राजधानी मालेमा सुरु हुँदैछ। शुक्रबार अपरान्ह ४ः४५ बजे बंगलादेश र श्रीलंकाबीचको खेलसँगै साफ च्याम्पियनसिप सुरु हुनेछ।

पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य बोकेको नेपालले पनि आजैबाट आफ्नो उपाधिको यात्रा सुरु गर्नेछ । नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्ने छ। नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसर राति ९ः४५ बजे हुने छ।

प्रशिक्षक अब्दुल्लाह अलमुतारीको प्रशिक्षण्मा रहेको नेपाली टिम पहिलो पटक च्याम्पियन बन्ने दाउमा छ । त्यसका लागि नेपालले ३ महिलादेखि प्रशिक्षण गरेको छ। यसबीच नेपालले भारतसँग २ र ओमानसँग १ मैत्रीपूर्ण खेल पनि खेलेको छ।

युवा खेलाडीले भरिएको नेपाली टिमले पछिल्लो समय राम्रो प्रदर्शन गरेकाले नेपाली टिम उत्साहित छ। नेपाली टिम कतारमा २ साता प्रशिक्षण गरेर उतैबाट माल्दिभ्यस पुगेको हो।

घरेलु टोली माल्दिभ्सविरुद्ध जित निकाल्न नेपाली टिमलाई त्यति सहज भने हुनेछेन । दक्षिण एसियाको बलियो टिम माल्दिभ्सले साफ च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्दै आएको छ । यता, नेपालको भने साफ च्याम्पियनसिपमा प्रदर्शन त्यति राम्रो छैन ।

सन् २०१८ मा बंगलादेशमा भएको साफमा उपाधिको दाबेदार मानिएको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँगै पराजित भएको थियो। अन्तिममा माल्दिभ्स भारतसँग पराजित हुँदै उपाधि चुम्न चुकेको थियो।

साविक विजेता र आयोजक टिमसँग पहिलो खेल खेल्दा गाह्रो हुने प्रशिक्षक अल्मुताइरीको बुझाइ छ। तर, मादिल्भ्स लयमा नभएका त्यसको फाइदा नेपाललाई हुनेछ । उसले पछिल्ला ९ खेलमा २ मात्र जित निकालेको छ। माल्दिभ्सले अन्तिमपटक २०१९ नोभेम्बरमा जित हात पारेको थियो।

नेपाली टिम

गोलकिपर : किरण चेम्जाेङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द

मिडफिल्डर : विशाल राई, सुनील बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा

फरवार्ड : नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आशिष लामा

Facebook Comments Box