भारतलाई हराउँदै इतिहास बनाउने नेपालको दाउ

नेपाली राष्ट्रिय फुटबल टिम यतिवेला माल्दिभ्समा छ । र, टिम पहिलो पटक साफ च्याम्पियसिपको फाइनल नजिक छ ।

५ टिमम सहभागी साफ च्याम्पियनसिपमा आइतबार नेपालका लागि ऐतिहासिक बन्नसक्छ । नेपालले आतबार राति प्रतियोगिताको तेस्रो खेलमा भारतका सामाना गर्दैछ। खेल नेपाली समयअनुसार राति ९ः४५मा हुनेछ।

बलियो भारतविरुद्धको खेल नेपालका लागि महत्वपूर्ण छ । प्रतियोगितामा लगातार दुई जित निकालेको नेपाल भारतविरुद्ध जित हात पार्न सके एक खेलअघि नै साफ च्याम्प्यिनसिपको फाइलन पुग्नेछ। यस्तो भए नेपालका यो ऐ तिहासिक दिन हुनेछ।

त्यसैले भारतविरुद्ध नेपाल जित्नकै लागि मैदानमा उत्रिने छ । खेलअघि भएको प्रिम्याच कन्फ्रेन्समा पनि प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भारत बलियो टिम भएपछि भारतविरुद्ध ८५ प्रतिशत जितको सम्भावना रहेको बताए छन् ।

प्रतियोगितामा लागतार दुई जित निकालेले प्रतियोगितामा भारतभन्दा नेपालको जितको सम्भावना बढी भएको उनले बताउ । उनले भारत स्वभाविक रुपमा बलियो टिम भए पनि उससँग नगराउने र जितकै लागि मैदानमा उत्रने बताएका छन्।

यता, नेपालविरुद्ध मैदान उत्रँदा भारत केही दबाबमा भने पक्कै हुनेछ। ७ पटको च्याम्पियन भारत प्रतियोगितामा लगातार दुई जित निकालेका दबाबमा छ । त्यसै नेपालविरुद्ध उसको लक्ष्य जित नै हुने छ। हारले समूह चरणबाट बाहिरिने उसको सम्भावना बढ्ने छ।

नेपालले हालसम्म भारतसँग आधिकारिक २१ खेल खेलेको छ । जसमा भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

Facebook Comments Box