नेपाल इरान भिड्दै, फाइन पुग्न जित्नैपर्ने

भारतमा जारी महिला हिरो गोल्डकपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज इरानको सामना गर्दैछ । फाइलनसम्मको यात्रा तया गर्न नेपालले आज हुने खेलमा इरानलाई पारजित गर्नुपर्ने छ ।

भारतको उडिसास्थित कालिंगा रंगशालामा हुने नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अंक जोडेको छ ।

नेपाल पहिलो खेलमा म्यानमारसँगन ३–० ले पराजित भएको थियो भने भारतलाई नेपालले २–१ ले पाराजित गरेको थियो । भारतविरुद्ध नेपाली महिला टिमको यो पहिलो जित हो ।

आज इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष दुईमा पर्दै फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा अर्को खेलको नतिजा कुर्नुपर्नेछ ।

आजै हुने अर्को खेलमा म्यानमार र भारत पनि प्रतिस्पर्धा गर्दैछन् । यो खेल बराबरी खेलेमा वा म्यानमारले भारतलाई हराएमा वा भारतले थोरै गोलअन्तरमा म्यानमारलाई हराएमा नेपाल फाइनल पुग्ने सम्भावना बढी हुन्छ ।

यस्तै म्यानमारले भारतलाई हराएर सानो गोलअन्तरका आधारमा इरानसँग हारेमा पनि नेपाल फाइनल पुग्न सक्छ । चार टोली आयोजक भारत, इरान, नेपाल र म्यान्मा सहभागी प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

दुई चरणका खेल समाप्त हुँदासम्म म्यानमार दुवै खेल जित्दै छ अंकसहित शीर्षस्थानमा छ भने नेपाल तीन अंकसहित दोस्रो र भारत पनि समान तीन अंकसहित तेस्रो स्थानमा छ । इरान भने अंककविहीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP