एएफसी यू–२३ छनोट : नेपाल ‘ग्रुप अफ डेथ’मा, पहिलो खेल ओमानसँग

एएफसी यू–२३ च्याम्पियनसिप फुटबल छनोट प्रतियोतिगामा नेपाल ‘ग्रुप अफ डेथ’मा परेको छ । एसियन फुटबल फेडेरेसन (एफएफसी)ले सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह एमा परेको छ । समूह एमा नेपालसँगै कतार, ओमान र अफगानिस्तान छन् ।

सन् २०२० मा थाइल्यान्डमा आयोजना हुने एफएफसी यू–२३ च्याम्पियनसिपको छनोटको समूह एको खेल कतारले आयोजना गर्ने छ ।

नेपालले समूह चरणको पहिलो खेलमा ओमानको सामाना गर्ने छ । चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ । खेल २२ मार्चमा हुने छ । यसैगरी दोस्रो खेल नेपालले आयोजक कतारसँग २४ मार्चमा खेल्ने छ भने समूहको अन्तिम खेलमा नेपालले २६ मार्चमा दक्षिण एसियाली राष्ट्र अफगानिस्तानको सामाना गर्ने छ ।

एएफसी यू–२३ च्याम्पियनसिपमा को छनोटमा ४४ देश सहभागी छन् । जसलाई ११ समूहमा विभाजन गरिएको छ । एएफसी यू–२३ च्याम्पियनसिपमा कुल १६ टिम सहभागी हुने छन् ।

प्रत्येक समूहको शीर्ष स्थानमा रहने टिमले सन् २०२० मा थाइल्यान्डमा हुने एएफसी यू–२३ च्याम्पियनसिप खेल्ने छन् । यस्तै दोस्रो हुने उत्कृष्ट ४ टिम पनि थाइल्यान्डमा हुने प्रतियोगिताका लागि छनोट हुने छन् । यस्तै आयोजक थाइल्यान्ड सोझै छनोट हुने छ ।

समूहको शीर्ष टोलीले एएफसी यू–२३ च्याम्पियनशिप खेल्नेछन् । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनशिप खेल्ने मौका पाउनेछन् ।

नेपालले अहिलेसम्म एएफसी यू–२३ मा राम्रो प्रदर्शन गर्न सकेको छैन । नेपाल पहिलो चरणबाटै आउट हुँदै आएको छ । यसपटक कठिन समूहमा रहेकाले नेपालको दोस्रो चरणको सम्भावना निकै कम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP