नेपाल र कुवेतबीचको खेल भुटानमा हुने

नेपालले विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको छनोट प्रतियोगिताको पहिलो अवे खेल भुटानमा खेल्ने भएको छ । दरशथ रंगशालाको पुनर्निर्माण समयमै नसकिँदा नेपाल र कतारबीचको खेल भुटानमा हुन लागेको हो ।

एएफसीका प्रतिनिधिले दशरथ रंगशालाको निरिक्षण गर्दै नेपाल र कतारबीचको खेल नेपालमा गराउन नसक्ने प्रतिवेदन एएफसीलाई बुझाएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सो खेल भुटानमा गराउन एएफसी समक्ष प्रस्ताव गरेको थियो ।

एन्फाले गरेको न्युट्रल भेन्यूको रुपमा भुटानमा नेपाल र कुवेतबीचको खेल गराउन गरेको प्रस्ताव एसियाली फुटबल महासंघ (एएफसी)ले स्विकृती दिएको एन्फा प्रवक्ता किरण राईले जानकरी दिएका छन् । खेल मंसिर ३ गते भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा खेल हुने छ ।

२०७२ को भूकम्पले क्षतिग्रस्त दशरथ रंगशाला अहिलेसम्म पूर्ण तयार छैन । खेलाडीका लागि चाहिने चेन्जिङ रूम, भिआईपी प्यारापिट अहिलेसम्म तयार नहुँदा एएफसीका प्रतिनिधि देङ सिओ लोङले दशरथ रंगशालामा खेलका नसकिने बताएका थिए ।

दशरथ रंगशाला समयमै नबन्दा नेपालले पहिला अबे खेल खेलेको थियो । छनोटका समूह बीमा रहेको नेपालले ४ अवे खेलमा १ जित मात्र निकालेको छ । नेपाल कुवेतसँग ७–०, अस्ट्रेलियासँग ५–० र जोडर्नसँग ३–०ले पराजित भएको थियो भने चाइनिज ताइपेइलाई २–०ले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP