ओमानसँगको मैत्रीपूर्ण खेलमा नेपालको फरक हार

साफ च्याम्पियनसिपको अन्तिम तयारीका रुपमा नेपालले आज ओमानसँग खेलेको मैत्रीपूर्ण खेलमा लज्जास्पद हार बेहोरेको छ।

ओमानसँग नेपाल ७–२ गोलको फराकिलो गोलअन्तरले पराजित भएको हो।

ओमानका लागि फाह्मी साइदले नवौं मिनेटमा, मोहसेन गोहारले ३०, इसाम अल–सुभीले ४६, मोहसेन अल–घसानीले ४९, अब्दुलाजिज अल–मुक्बलीले ६० र ६५ तथा जमिल अल याहमदीले ७६औं मिनेटमा गोल गरेका थिए।

नेपाली राष्ट्रिय टिम साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा रहेको छ।

साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा, विकेश र राजन बाहिरिए

Facebook Comments Box