
यू १८ साफ च्याम्पियनसिप : उपाधि जित्ने लक्ष्य बोकेको नेपाली टिमको भारतसँग लज्जास्पद हार
उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको नेपाली यू १८ टिम महिला साफ च्याम्पियनसिपको पहिलो खेलमै लज्जास्पद हार बेहोर्न बाध्य भएको छ। मंगलबार भारतको जम्देशपाुरमा भएको खेलमा नेपाल भारतसँग ७-०ले पराजित भयो ।
नेपालले पहिलो हाफमै तीन गोल खाएको थियो। दोस्रो हाफमा थप ४ गोल गरेको थियो।
खेलको १७ मिनेटमा भारतले अग्रता लियो । उसका लागि प्रियंका सुजीशले पहिलो गोल गरिन्। दुई मिनेटपछि लिन्डा कोम सेर्तोले अग्रता दोब्बर पारेकी थिइन्। ३७ मिनेटमा लिन्डाले व्यक्तिगत दोस्रो गोल गर्दा भारत पहिलो हाफमा ३-० ले अघि बढ्यो।
७४ मिनेटमा अपूर्णाले चौथो गोल गर्दा ८१ मिनेटमा पूर्णिमाले पाँचौ गोल गर्न सफल भइन्। ८९ मिनेटमा सुनिता मुन्डाले छैटौं र इन्जुरी टाइमको तेस्रो मिनेटमा नितु लिन्डाले सातौं गोल गरेकी थिइन्।
प्रतियोगितामा आयोजक भारत, नेपाल र बंगलादेश गरी तीन टिमले भाग लिएका छन्। नेपालले आफ्नो दोस्रो खेल पर्सी बिहीबार बंगलादेशसँग खेल्नेछ।
नेपालले मार्च २१ मा फेरि भारतसँग खेल्दा मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ।