एसियन कप छनोटमा नेपाल जोर्डनसँग पराजित

Read Time:1 मिनेट

एएफसी एशियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ।

गएराति कुवेतस्थित जबेर अल अह्मद अन्तर्राष्ट्रिय रंगशालामा भएको पहिलो खेलमा नेपाल २(० गोलले पराजित भएको हो। पहिलो हाफ गोलरहीत बराबरमा टुंगिएको थियो।

पहिलो हाफमा नेपालले पेनाल्टी जोगाएको हो। खेलको ४३औं मिनेटमा जोर्डनका मौसा मोह्मद सुलेमानको पेनाल्टी प्रहारलाई नेपालका गोलकिमपर दीप कार्कीले रोकेका थिए। नेपाली डिफेन्डर गौतम श्रेष्ठले जोर्डनका मिडफिल्डर मोहमद फैजललाई पेनाल्टी बक्सभित्र लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो।

दोस्रो हाफमा भने जोर्डनका लागि अलि ओल्वन र हाम्जा अल दारदौरले गोल गरे। दोस्रो हाफको ६९औं मिनेटमा अलि ओल्वानले र ८२औं मिनेटमा मोह्मद फैजलले पेनाल्टीमा गोल गरे।

नेपालले अर्को खेल जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा तेस्रो खेल इन्डोनेसियासँग खेल्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post वेल्स ६४ वर्षपछि विश्वकपमा
Next post फेरि चलेन नेपालको ब्याटिङ, ओमानसँग १३ रनले पराजित
Close