
नेपाल थाइल्यान्डसँग २–०ले पराजित
Read Time:1 Minute
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। बिहीबार थाइल्यान्डको चुनबारीमा भएको खेलमा नेपाल घरेलु टोलीसँग २–०ले पराजित भएको हो।
पहिलो हाफमा बलियो थाइल्यान्डलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा २ गोल खाएको थियो । थाइल्यान्डका लागि फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरे।
७८औं मिनेटमा फिलिपले गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाए । ८९औं मिनेटमा चाओवाटले गोल गरेपछि नेपाल थाइल्यान्डसँग २–०ले पराजित भयो।
नेपाल एसियन कप छनोटको तयारीका थाइल्यान्ड पुगेको हो। नेपालले थाइल्यान्डै शीर्ष डिभिजन क्लबसँग पनि एक मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । चुनबारीमा नेपालले आइतबार चुनबारी एफसीसँग खेल्ने छ।