यू–१९ टिमका खराब प्रदर्शन, इजानसँग ४–०ले पारजित

एएफसी यू–१९ च्याम्पियनसिप छनोट प्रतियोगिता खेलिरहेको नेपाली यू–१९ फुटबल टिमले निरन्तर खराब प्रदर्शन गरेको छ । इरानमै भइरहेको समूह डीको दोस्रो खेलमा नेपाल आयोजक इरानसँग लज्जास्पद रुपमा ४–०ले पराजित भयो ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पनि नेपाल युएईसँग ४–० ले नै पराजित भएको थियो । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरएको छ ।

शुक्रबार राति भएको खेलमा नेपालले इरानविरुद्ध पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै गोलरहित बराबरी खेलेको थियो । तर, दोस्रो हाफको अन्तिम १४ मिनेट सम्हालिन नसक्दा नेपाल फराकिलो पराजय बेहोर्न बाध्य भयो । नेपालले चारै गोल अन्तिम १४ मिनेटमा खाएको थियो ।

नेपालविरुद्ध इरानले ७७ औं मिनेटमा अग्रता लिएको थियो । उसका मोहम्मद महमादीले गोल गरेका थिए । ८५ औं मिनेटमा कप्तान अहमन रिजा जलाली र ८६ औं मिनेटमा अलिरिजा मोनाज्मीले गोल गरेपछि इरानले ३–०को अग्रता लियो । ९०औं मिनेटमा एरिया बार्जेगरले गोल गरेपछि इरानले सहज जित निकाल्यो ।

समूह डीमा ६ अंक जोडेको इरान शीर्ष स्थानमा छ । समान ३ अंक जोडेका युएई र किर्गिस्तानको समान ३ अंक छ भने नेपाल अंकबिहीन छ । समूहको अन्तिम खेल नेपालले आइतबार किर्गिस्तानसँग खेल्ने छ भने इरान र युएई भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *