यू–१५ साफ : भारतसँग नेपालको लज्जास्पद हार, तेस्रो पटक उविजेतामै सीमित

यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता उपाधि जित्ने नेपालाको सपना पुनः एक पटक सपनामै सीमित भएको छ । तेस्रो पटक प्रतियोगिताको फाइलन खेलिरहेको नेपाल शनिबार दिउँसो भारतस्थित कल्याणी रंगशालमा भएको खेलमा आयोजक भारतसँग लज्जास्पद रुपमा ७–०ले पराजित भयो ।

यसअघिका दुई फाइनलमा पनि नेपाल भारतसँगै पराजित हुँदै उपविजेतामै सीमित बनेको थियो । सन् २०१३ नेपाल भारतसँग १–० ले पराजित भएको थियो भने सन् २०१७ मा २–१ले पराजित हुँदै उपविजेतामै सीमिति भएको थियो ।

प्रतियोतिगामा भारतसँग नेपालको लागतार दोस्रो हार हो । यसअघि समूह चरणको पहिलो खेलमा पनि नेपाल भारतसँग ५–०ले पारजित भयो ।

आज सम्पन्न खेलमा भारतलाई जित दिलाउने क्रममा सिद्धार्थ नोन्गमेइकापम र टाइसन सिंहले २–२ गोल गरे भने महेशन सिंह, अमन दीप, शिवजित सिंह र हिमांशु जर्घाले समान १ गोल गरे ।

नेपाललाई ७–०ले पराजित गरेसँगै भारतले अपराजित रहँदै उपाधि उचाल्यो । प्रतियोगितामा भारतले कुनै पनि गोल खाएन । भारतले प्रतियोगिाका ५ खेलमा २८ गोल ग¥यो । ७ गोल गरेका भारतका हिमांशु जर्घा सर्वाधिक गोलकर्ता बने ।

लिगमा चारवटै खेल जितेको भारत लिगको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने नेपाल दोस्रो हुँदै फाइनल पुगेको हो । प्रतियोगितामा नेपाल पहिलो खेलमा भारतसँग अप्रत्यासित रुपमा ५–०ले पारजित भएको थियो । त्यसपछिका लागतार तीन खेल जित्दै नेपाल फाइनल पुगेको हो ।

नेपालले श्रीलंकालाई २–०बंगलादेशलाई ४–१ भुटानलाई ६–०ले पराजित गरेको थियो । यता, भारतले भने नेपाललाई ५–०, भुटानलाई ७–० र श्रीलंकालाई ५–० र डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ४–०ले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *