विश्वकप फुटसल : नेपाल क्यानडासँग पराजित

अर्जेन्टिनामा जारी १२ औं विश्वकप फुटसलको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । सोमबार राति भएको पहिलो खेलमा क्यानडासँग २–१ ले पराजित हुँदै नेपालले प्रतियोगिताको सुरुवात हारबाट गरेको छ ।

क्यानडालाई जित दिलाउन कुन्हा र लोपेशले गोल गरेका थिए । नेपालका लागि कप्तान समीर कार्कीले गोल गरेपनि त्यो जितका लागि पर्याप्त भएन । यस्तै नेपालक गोलकिपर दिनेश श्रेष्ठ एक पेनाल्टी बचाएका थिए ।

१२औं संस्करणको विश्वकप फुटसलमा नेपाल क्यानडा, स्पेन र फ्रान्ससँगै समूह डीमा छ । प्रतियोगितामा नेपालले अब दास्रो खेल चैत १९ गते क्यानलुनिया र अन्तिम चैत २० गते फ्रान्ससँग खेल्नेछ ।

प्रत्येक समूहका शीर्ष दुई टिम अघिल्लो चरण पुग्ने छन् । वाइल्ड कार्डमार्फत् नेपालले विश्वकप फुटसलमा सहभागीताको मौका पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP