अभिषेकले टारे नेपालको हार

युवा स्ट्राइकर अभिषेक रिजालले दोस्रो हाफमा गोल गर्दै बलियो चाइनिज ताइपेइसँगको हारलाई टारेका छन् । खेलको ६९औं गोल गर्दै अभिषेकले नेपाललाई हारबाट जोगाएका हुन् ।

युवा खलाडीलाई मौका दिएको खेलमा नेपालले फिफ वरियतामा ३६ स्थान माथि रहेको बलियो चाइनिज ताइपेइलाई १–१ गोलको बराबरीमा रोकेको छ ।

बिहीबार अपरान्ह भएको खेलमा ताइपेइले पहिलो हाफमै नेपालविरुद्ध अग्रता बनायो । उसका उ चुन चिङले ४० औं मिनेटमा नेपालका किपर किरण चेम्जोङबाट डिफ्लेक्ट भएको आएको बल गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

नेपालले बलियो ताइपेइविरुद्ध झुजारु प्रदर्शन गरेको थियो । ६९ औं मिनेटमा नेपालले खेललाई बराबरीमा ल्यायो । सन्तोष तामाङको फ्रिकिकमा अनमार्क रहेका अभिषेक गोल गरेका थिए । त्यसपछि कुनै गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।

मनाङ मस्र्याङ्दीबाट व्यवसायिक फुटबल खेल्ने अभिषेकको यो राष्ट्रिय टिमका लागि पहिलो गोल हो । उनले यसै साता भएको मलेसियाविरुद्धको खेलमार्फत राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनी यू–१९ टिमका समेत प्रमुख स्ट्राइकर हुन् ।

चाइनिज ताइपेइविरुद्ध ताइवानमा भएको खेलमा नेपालले प्लेइङ सेटमा ४ परिवर्तन गरेको थियो । नेपालले कप्तान विराज महर्जन, स्ट्राइकर भरत खवास, विमल राना र रञ्जित धिमाल पहिलो रोजाइमा राखेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP