विभागीय डर्बीमा पुलिस र एपिएफले खेले बराबरी

Read Time:1 Minute

सहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय डर्बीमा नेपाल पुलिस क्लब र एपिएफ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा पुलिस र एपिएफले १–१को बराबरी खेल्दै अंक बाँडेका हुन्।

पहिलो मिनेटमै पुलिसले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पुलिस बराबरीमा रोकिन पुग्यो । खेल सुरु भएको २३ सेकेन्डमै सुमन लामाले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । कपिल ढकालको लामो पासमा गोलरक्षक युया कुरियामा र एडमा डोम्वियाबीच तालमेल नमिल्दा गोलरक्षक अघि बढेको अवस्थामा एडमाको कमजोर क्लियरेन्सलाई सुमनले बक्स बाहिरबाट खाली पोस्टमा गा्ल गर्न सफल भएका थिए ।

४१औं मिनेटमा प्रदीप लामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । साजन राईले हेड मार्फत क्लियर गर्न नसकेको बललाई प्रदीपले बक्स बाहिरबाट गरेको बल गोल भएको थियो।

यस बराबरीसँगै पुलिस १२ खेलमा १२ अंक जोड्दै ११औं स्थानमा छ भने एपिएफ १२ खेलमा १५ अंकसहित आठौं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post युएईले टस जितेर ब्याटिङ रोज्यो, नेपाल बलिङमा, विवेकलाई मौका
Next post जितेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता
Close