एनआरटीसँग हार्‍यो पुलिस

सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लबले दोस्रो हारको सामाना गरेको छ । सोमबार दशरथ रंगशालामा भएको पहिलो खेलमा पुलिल क्लब न्यूरोड टिम (एनआरटी)सँग १–०ले पराजित भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विभागीय टिमलाई स्तब्ध बनाउने क्रममाा दर्शन गुरुङले निर्णायक गोल गरे । उनले ७६औं मिनेटमा सिक्स यार्ड बक्सबाट गोल गरेका थिए

खेलमा अधिकांश सयम एनआरटीलाई दबाबमा राखेपनि पुलिसले गोल भने गर्न सकेन । उसका सुमन लामा, मानबहादुर परियार, अन्जन राईले केही राम्रा अवसर खेर फाले ।

पुलिसका सुमन लामाले ३७औं मिनेटमा गरेको प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले उत्कृष्ट बचाउ गरे । दोस्रो हाफको सुरुवातमै मानबहादुरको हेड किपरबिट भएको अवस्थामा एनआरटीका एरिक विष्टले क्लियर गरे । खेलको अन्त्यरित अन्जनको प्रहारमा पोल बाधक बन्दा पुलिस पराजित हुन बाध्य भयो ।

६ खेलमा पुलिसले २ जित, २ बराबरी र २ हारसहित ८ अंकका साथ ७औं स्थानमा छ । १३ अंक जोडेको मच्छिन्द्र क्लब शीर्ष स्थानमा छ भने समान १२ अंक जोडेका त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दी क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *