विश्वकप छनोटमा नेपालको खराब प्रदर्शन, नेपालको पोस्टमा कुवेतको ७ गोल

दोस्रो पटक विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले ८ वर्षयताकै खराब प्रदर्शन गरेको छ । राउन्ड रोबिन लिगका आधार भइरहेको छनोटको समूह बीमा रहेको नेपाल पहिलो खेलमा कुवेतसँग ७–०को लज्जास्पद हार बेहोर्न बाध्य भयो ।

सन् २०११ मा जोडर्नसँग ९–०ले पराजित भएयता नेपालको यो सबैभन्दा खराब प्रदर्शन हो । २०११ यता नेपालले ५ भन्दा बढी गोल खाएको यो पहिलो पटक हो । योसँगै नेपालले कुवतेविरुद्धको ३७ वर्षदेखिको गोलको खडेरी पनि तोड्न सकेन ।

सन् १९८२ मा एसिया कपमा भएको नेपाल र कुवेतबीचको पहिलो नेपालका वाईबी घले गोल गरेयता नेपालले कुवेतविरुद्ध गोल गर्न सकेको छैन । कुवेतविरुद्धको सात मध्ये ६ भेटमा नेपाल पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो ।

गत चैतमा भएको २ मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई उसकै मैदानमा कडा टक्कर दिएको थियो । तर, ५ महिनापछि भने नेपाल कुवेतविरुद्ध निरीह देखियो । २ मैत्रीपूर्ण खेलमा नेपालले पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा नेपाल १–०ले पराजित भएको थियो । त्यति खेर राष्ट्रिय टिमका अधिकांश खेलाडी यू–२३ एएफसी च्याम्पियनसिप खेलिरहेकाले नेपालले नयाँ खेलाडीलाई मौका दिएको थियो ।

सन् २०२२ को विश्वकप तथा सन् २०२३ को एसिया कप छनोटको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध पहिलो हाफमा २ तथा ५ गोल खायो । कुवेतले सुरुवाती १३ मिनेटमै २ गोल गर्दै नेपाललाई दबाबमा राखेको थियो ।

युसुफ नासिरले ६ छौं मिनेटमा गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाए । १३औं मिनेटमा अहाद अल हजेरीले गोल गर्दै कुवेतको अग्रता दोब्बर बनाए । पहिलो हाफ २–० मै सकियो ।

दोस्रो हाफमा कुवेत थप आक्रामक बनेको थियो । ५०औं मिनेटमा नासेरले गोल गर्दै कुवेतलाई ३–० को स्थितिमा पु¥याए । त्यसको ९ मिनेटपछि नै अब्दुल्लाह मावीले गोल गरे भने ६७औं मिनेटमा बादेर अल मुतवाले गोल गरेपछि कुवेतले खेल एक पक्षीय बनायो । निर्धारित ९० मिनेटमा ५ गोल गरेको कुवेतले इन्जुरी टाइममा थप २ गोल गरेको थियो । इन्जुरी समयको चौथो मिनेटमा रेदा हनी र सातौं मिनेटमा हुसेन अल मुसावीले गोल गरेपछि खेल कुवतेले ७–०ले जित्यो ।

४–५–१ को रक्षात्मक रणनीतिका साथ मैदानमा उत्रिएको नेपालले कुवेतविरुद्ध कुनै पनि मुभ नै बनाउन सकेन । प्रशिक्षक योहाल कालिनने रक्षात्मक रणनीति अपनाउँदै विमल घर्तिमगरलाई मात्र स्ट्राइकरका रुपमा खेलाएका थिए ।

नेपाल पछिल्लो एक वर्षयता जितबिहीन रहेको छ । गत वर्ष भएको साफ च्याम्पियनसिपमा बंगलादेशलाई पराजित गरेपछिका ९ खेलमा नेपालले जित निकाल्न सकेको छैन ।

समूह ‘बी’मा रहेको नेपालले विश्वकप छनोटको दोस्रो खेल आगमी मंगलबार चाइनिज ताइपेहसँग अवे खेल खेल्ने छ । त्यसपछि नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP