चितवनमाथि धनगढीको जित, उक्लियो शीर्ष स्थानमा

14 Dec, 2023

धनगढी एफसी जारी दोस्रो संस्करणको नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिगमा पराजित रहेको धनगढी बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनलाई १–०ले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो।

धनगढीलाई जित दिलाउन आफिज ओलावालेले निर्णायक गोल गरे। उनले खेलको पहिलो मिनेटमै डिबक्स बाहिरबाट सन्दुर गोल गरेका थिए।

सुरुआतमै पछि परेपछि पनि चिवतनले खेलमा गोलका थुप्रै अवसर सिर्जना गरेको थियो। पहिलो हाफको इन्जुरी समयमा धनगढीका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि चितवनले पेनाल्टी पायो।

तर, चितवनले त्यो पेनाल्टीलाई सदुपयोग गर्न सकेन। आइकोनिक प्लेयर विमल घर्तिमगरको पेनाल्टी प्रहार धनगढीका गोलकिपर टिकेन्द्र थापाले सहजै बचाउ गरे।

यो जितपछि धनगढीले शीर्ष स्थानमा स्पष्ट २ अंकको अग्रता बनाएको छ। उसले ५ खेलमा ३ जितर २ बराबरीसहित ११ अंक बनाएको छ। समान खेलबाट ९ अंक जोडेको ललितपुर दोस्रो स्थानमा छ। चितवन भने ५ अंकसहित सातौं स्थानमा छ।