रन्जित बने विराटगर एफसीका मार्की खेलाडी

नेपालका पहिलो पटक आयोजना हुन लागेको नेपाल सुपर लिगमा रञ्जित धिमाल विराटनगरका मार्की खेलाडी बनेका छन् । नेपाली राष्ट्रिय टिमका सदस्य रञ्जितलाई विराटनगरले बिहीबार मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको हो।

विराटनगर एफसीसँगको सँझौता पछि धिमालले घरेलु टिमसँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले अक्सनबाट उत्कृष्ट टिम बनाउने पनि बताए । उनको सम्झौता रकम भने खुलाइएको छैन।

एनएसएलका फ्रेन्चाइज टिममध्ये यसअघि धनगढी एफसीले मिडफिल्डर विशाल राईलाई मार्की प्लेयरको रुपमा अनुबन्ध गरेको छ । यस्तै ललितपुर सिटी पुटबल क्लबले विंगर अन्जन विष्ट, चितवन एफसीले फरवार्ड भरत खवास र काठमाडौं रेजर्सले विकेश कुथुलाई मार्की प्लेयरको रुपमा अनुबन्ध गरिसकेको छ ।

प्रतियोगितामा सात प्रदेशका सात टिम सहभागी हुन् छन्। जसमा धनगढी एफसी, विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी छन् ।

सहभागी ७ टिमले शुक्रबार हुने अक्सनबाट खेलाडी किन्ने छन् । अक्सनका लागि १ सय ५८ खेलाडीले आफ्ना नाम दर्ता गराएका छन् । अक्सनका लागि खेलाडीलाई तीन क्याटेगारीमा छुट्याइएको छ । जसमा राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका ३५ खेलाडी ए श्रेणीमा छन् भने बी श्रेणीमा ६५ जना र सी श्रेणीमा ५८ जना खेलाडीले नाम दर्ता गराएका छन् ।

अक्सनबाट प्रत्येक टिमले २० लागि खेलाडी लिने छन् । एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् भने एकैपटक दुई खेलाडीमात्र खेलाउन पाउने छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा नेपाल स्पोटर्स एण्ड म्यानेजमेन्टले आयोजना गर्न लागेको प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुने छ । प्रतियोगितामा वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.