नेपाल सुपर लिगका लागि बुटवल लुम्बिनीले सार्वजनिक गर्‍यो टिम

नेपाल सुपर लिग (एनएसएल)का लागि बुटवल लुम्बिनीले सार्वजनिक गरेको छ। शुक्रबार होलट सोल्टी क्राउन प्लाजामा एक कार्यक्रमबीच बुटलब लुम्बिनीले एनएसएलका लागि टिम सार्वजनिक गरेको हो।

बुटबल लुम्बिनीले ३ विदेशी खेलाडीसहित २० सदस्यीय टिम घोषणा गरेको हो । गोलकिपर विशाल श्रेष्ठ मार्की खेलाडी रहेको बुटबल लुम्बिनी नाइजेरियाका मिडफिल्डर करिम नुरिम, घानाका फरवार्ड विलियम ओपुको र चाडका फरवार्ड अरमान्ड बेडोमलाई अनुबन्धन गरेको छ।

यीमध्ये नुरिम र ओपुकोले भर्खरै सकिएको आई–लिगमा खेलेका थिए । अरमान्डले नेपालमा घरेलु प्रतियोगितामा खेलिसकेका छन् । टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षक उज्ज्वल मानन्धर रहेका छन् ।

एनएसएलमा सहभागी सात टिममध्ये प्रत्येकले २० खेलाडीको टिम बनाउने छ । त्यसमा एक मार्की र १४ खेलाडी लिलामीबाट आएका हुन् । यस्तै तीन विदेशी र दुई स्थानीय खेलाडी पनि हुनु पर्नेछ । बुटवल लुम्बिनीले दुई स्थानीय खेलाडीबारे निर्णय गरिसके पनि त्यसको नाम भने खुलाएको छैन ।

टिमको लिलामीबाट किनिएका खेलाडीमा आशिस लामा, सेसेहाङ आङडम्बे, सुरज विक, रविन श्रेष्ठ, आमिर श्रेष्ठ, सुमन लामा, लक्ष्मण रुचाल, जय गुरुङ, प्रदीप पौडेल, मानबहादुर परियार, रवि थापागमर, अनिल महर्जन, सत्रुधन चौधरी र चेतनकुमार थारु रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.