नेपाल सुपर लिगको उपाधिका लागि भिड्दै काडमाडौं र धनगढी

नेपाल सुपर लिगको पहिलो च्याम्पियन्स बन्ने लक्ष्यसहित शनिबार साँझ धनगढी एफसी र काठमाडौं रेजर्स मैदानमा उत्रँदैछन् । च्याम्पियन बन्ने लक्ष्यसहित दुवै टिम शनिबार साँझ ५ः३० बजे दशरथ रंगशामा आमनेसामने हुने छन्।

फाइनल अघि नै यी दुई टोली एकआपसमा दुई पटक खेलिसकेमा छन् र दुवैमा धनगढी विजयी भएको थियो । लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले पराजित गरेको थियो ।

यस्तै पहिलो क्वालिफायरमा धनगढीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै काठमाडौंलाई २–१ ले हराएर फाइनलमा स्थान बनायो । काठमाडौंले भने फेरि अवसर पायो र दोस्रो क्वालिफायरमा ललितपुर सिटीलाई ३–० ले पराजित गर्दै पुनस् धनगढीसंग उपाधि भेट पक्का गरेको हो ।

दुवै पहिलो च्याम्पियन बन्ने दाउमा हुने छन्। धगनढी काठमाडौंविरुद्धको जितको यात्रालाई तेस्रो खेलमा पनि निरन्तरता दिने दाउमा हुने छ भने काठमाडौं दाउ दुई पटकको पराजयको बदला लिनु हुनेछ। फाइनलअघि भएको प्रिम्याच कन्फ्रेन्स दुवै टिमले गल्ती सुधार्दै उपाधि जित्ने योजना रहेका बताएका छन् ।

नेपाल नम्बर वान गोलकिपर तथा कप्तान किरण चेम्जोङको कप्तानीमा धनगढी खेल्दैछ । उता नेपालको नम्बर दुई गोलकिपर विकेश कुथुको कप्तानीमा काठमाडौं खेल्दैछ । दुवै टिममा राष्ट्रियबाट खेलिसकेका खेलाडीको उपस्थिति छ, धनगढीको टिम परिपक्व छ भने काठमाडौंमा युवा र जोसिलो छ। दुवै टिमको मुख्य हतियार भने विदेशी खेलाडी नै हुने छन् ।

धनगढीका मुख्य ओलावाले हफिज हुने भने काठमाडौं मेसोउके ओलोमोलु र स्टेफन बिनोङमा प्रदर्शनमा निर्भर छ । चोटका पछिल्ला तीन खेलमा राम्रो सँग खेल्न नपाएका हाफिजले प्रतियोगितामा ४ गोल गरेका छन् । हाफिजको चोटले धनगढीलाई केही समस्यामा पारेको छ। यता, काठमाडौंले प्रतिगितामा गरेका १३ गोल मध्ये १० गोल मेसोउके र स्टेफनको नाममा छ । जसमा मेसोउकेले ७ र स्टेफाले ३ गोल गरेका छन् ।

धनगढीका प्रशिक्षक तोपे फुजाले प्रतियोगितामा दुईपटक पराजित गरेपनि काठमाडौं उत्कृष्ट टिम भएको बताउँदै फाइनलका लागि आफूहरु सचेत भएको बताए । भने, ‘हामीले काठमाडौंलाई दुई पटक हराएका छौं, तर त्यसले फाइनलमा केही फरक पार्ने छैन । काठमाडौं उत्कृष्ट टिम हो, र हामी त्यसमा सचेत र्छौं ।’

यसैगरी काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले अघिल्ला दुई खेलमा भएका गल्ती सुधार्दै उपाधि जित्न मैदान उत्रने बताए । ‘हामी लिग र प्लेअफमा धनगढीसँग पराजित भयौं, फेरि हामी फाइनलमा भिड्दै छौं’ उनले भने, ‘ती दुई खेलका गल्तीलाई सुधार गर्दै जितको मानसिकताका साथ मैदान उत्रने र्छौं ।’ खेलाडीहरुले रेस्ट कम पाएकाले खेलमा असर पर्न सक्ने उनले बताए ।

लिगमा काठमाडौं सर्वाधिक ४ खेल जित्दै १३ अंक जोडेर पहिलो हुँदा १० अंक जोडेको धनगढी दोस्रो भएको थियो । तर अहिलेसम्मको दुई भेटमा धनगढी नै अब्बल देखिएको छ । अब फाइनलमा दुई हारको बदला लिने अवसर काठमाडौंलाई छ ।

उद्घाटन खेलमै ललितपुर सिटीलाई १–० ले पराजित गरेको काठमाडौं दोस्रो खेलमा धनगढीसंग ३-० ले पराजित भएको थयो । धनगढी भने पहिलो खेलमा विराटनगर सिटी एफसीसंग ३–० ले पराजित भएको थियो तर दोस्रो खेलमै पुनरागमन गर्न सफल भएको थियो ।

काठमाडौं र धनगढबीचको खेल बालगोपाल भर्सेस फुजा तथा विकेश भर्सेस किरणबीचको खेल समेत मान्न सकिनेछ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

२१ दिन र २४ खेलपछि पहिलो फ्रेन्चाइज लिगको उपाधिको टुंगो आज लाग्दै छ। एनएसएलको विजेताले नगद ३५ लाख र उपविजेताले नगद १५ लाख प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीले १(१ लाख पाउनेछन् ।

Facebook Comments Box