पेनाल्टी चुकाउँदा काठमाडौंसँग हार्‍यो बुटबल

काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिगमा बुटबल लुम्बिनी एफसीले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । मंगलबार साँझ दशरथ रंगशालमा भएको खेलमा पेनाल्टीमा चुकाउँदा बुटबल काठमाडौं रेजर्ससँग १–०ले पराजित भायो।

यो हारसँगै बुटबलले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। यो खेलमा जित निकालेको ८ अंकसहित बुटबल शीर्ष स्थानमा हुने थियो, तर हारपछि उ ५ अंकसहित चौथो स्थानमा झरेको छ। यता, काठमाडौं भने ७ अंकसहित हेड डु हेडमा पछि पर्दै तेस्रो स्थानमा छ । शीर्ष दुईमा रहेका विराटनगर सिटी एफसी र धनगढी एफसीको पनि समान ७ अंक नै छ।

काठमाडौंको जितमा विदेशी खेलाडी स्टेफेन विनोङ समिरले निर्णायक गोल गरे । उनले पाँचौ मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए । उनले तेज तामाङको लामो पासमा बुटवलका गोलकिपर तथा कप्तान विशाल श्रेष्ठ अलमलमा परेको बेला हाफ भली मार्फत् गोल गरे।

लगत्तै बुटबलले खेलमा फर्किने राम्रो अवसर पायो। सातौं मिनेटमा प्राप्त पेनाल्टीमा विलियम ओपोकु असिइदेड गोल गर्न असफल रहे । उनको फितलो प्रहार काठमाडौंको किपर तथा कप्तान विकेश कुथुले सहजै बचाए । काठमाडौंका विश्वास श्रेष्ठले सुमन लामालाई डिबक्समा फाउल गरेपछि बुटवलले पेनाल्टी पाएको थियो।

खेलमा काठमाडौंले बुटबललाई अधिकांश समय दबाबमा राखेको थियो । काठमाडौंले थुप्रै राम्रा अवसर सिर्जना ग¥यो, तर ति अवसरमा बुटबलका डिफेन्डर र गोलकिपर बाधक बने ।

पहिलो हाफामै कर्नरबाट आएको बलमा छिरिङ गुरुङले प्रहार गरेको बल बुटवलका ओमालाजाले गोल लाइनबाट हेड गर्दै सेभ गरेका थिए । त्यसमा रिबाउण्ड भएको बल गोलकिपर विशालले बचाए। पहिलो हाफको इन्जुरी टाइममा आशिष राईले सुदिल राईको पासमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रस बारमा लागेर पर्किएको थियो ।

दोस्रो हाफमा बुटबलले केही सुधारिएको खेल प्रदर्शन गरेको थियो, तर खेलमा गोल भने गर्न सकेन । खेलमा काठमाडौंका कप्तान तथा गोलकिपनर विकेश प्लेयर अफ दी म्याच भए भने सुदिल राई इमर्जिङ प्लेअर बने।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.