टिम छान्न एनएसएलको अक्सन शुक्रबार

Read Time:1 Minute

नेपाल सुपर लिग (एनएसल)को दोस्रो संस्करण चैत तेस्रो साताबाट सुरु हुँदैछ। पहिलो संस्करणमा ७ टिम सहभागी थिए भने यो पटक १० टिम सहभागी बताइएको छ।

थप हुने टिम टिम छान्नका लागि आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीले आगामी शुक्रबार अक्सन गर्ने भएको छ ।

नयाँ तीन टिम थप्ने प्रक्रिया अघि बढेको र तीन शहरको नामको अधिकार बेच्ने गृहकार्य अघि बढिरहेको नेपाल स्पोर्टस म्यानेजमेन्टका निर्देशक श्रेयांश कार्कीले बताए । टिम किन्न इच्छुक व्यक्ति तथा कम्पनीसँग प्रस्ताव गरेर छलफल भइरहेको र नयाँ टिमका लागि मधेश प्रदेश र कर्णाली प्रदेशलाई प्राथामिकतामा राखिएको उलने बताए।

आयोजकले इच्छुक व्यक्ति तथा कम्पनीलाई टिमको नाम सहित प्रस्ताव पेश गर्न आग्रह गरेको छ । कम्पनीलाई प्राप्त हुने प्रस्तावलाई हेरेर अक्सनमा समावेश गरिने नेपाल स्पोर्टस म्यानेजमेन्टले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इंग्ल्यान्डलाई हराउँदै भारतले जित्यो यू–१९ विश्वकप
Next post क्रिकेट म्यानेजर दास भन्छन्– ओमान भ्रणममा टिममा खेलाडी थपिन सक्छन्
Close