नेपाल सुपर लिग : विरानगरका प्रशिक्षक यान ललाई अनुशासन कारबाही, १ वर्ष प्रतिबन्ध र ५० हजार जरिवाना

नेपाल सुपर लिग (एनएसएल)ले विराटनगर सिटी एफसीका प्रशिक्षक यान ललाई अनुशासन कारबाही गरेको छ । प्रतियोगिताक क्रममा अनुशासनहीन काम गरेको भन्दै एनएसएलले यान ललाई अनुशासनको कारबाही स्वरुप एक वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

प्रतियोगिताका आचारसंहिता उल्लंघन गरेको भन्दै आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टले भारतीय प्रशिक्षक यानलाई एक वर्ष प्रतिबन्ध र ५० हजार रुपैयाँ जरिवान तिराउने निर्णय गरेको हो।

प्रशिक्षक लले लिग चरणअन्तर्गत ललितपुर सिटीविरुद्धको खेलमा रेफ्री निर्णयप्रति आपत्ति जनाउँदै खेलाडीलाई मैदान बाहिर बोलाएका थिए भने खेलका दौरान टचलाइन क्रस गरी मैदानभित्र प्रवेश गरेका थिए।

प्रतियोगिताको प्राविधिक सहयोगी अखिल नेपाल फुटबल संघ (एन्फा) र आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले छानबिन गरेपछि यानलाई प्रतिबन्ध लगाइएको हो ।

एनएसएले विराटनगर सिटीलाई १ लाख रुपैयाँ जरिवाना तिराएको छ। यस्ते, विराटनगरका टेक्निकल निर्देशक सोनम घले, सहायक प्रशिक्षक निशान श्रेष्ठ र सहायक म्यानेजर मिलन गुरुङलाई ३–३ खेलमा प्रतिबन्ध लगाउने निर्णय एनएसएलको छ।

Facebook Comments Box